च्याटिङ र भिडियो कलिङ एप स्काइप बन्द गर्ने माइक्रोसफ्टको घोषणा

डिसी नेपाल
१८ फागुन २०८१ १३:०६

काठमाडौं । मे २०२५ देखि स्काइप अनलाइन अस्तित्वमा रहने छैन। माइक्रोसफ्ट कम्पनीले एक्समा जानकारी दिएअनुसार मे महिनादेखि स्काइप अनलाइन उपलब्ध हुनेछैन।

यद्यपि, स्काइप प्रयोगकर्ताहरूले आगामी केही दिनमा आफ्नो लगइनको आधारमा माइक्रोसफ्ट टिम्समा साइन इन गर्न सक्नेछन्।

कम्पनीको विज्ञप्तिमा भनिएको छ, “तपाईं आफ्नो सबै च्याट र सम्पर्कहरूसँग सम्पर्कमा रहन आफ्नो स्काइप खाताबाट माइक्रोसफ्ट टिम्समा नि:शुल्क साइन इन गर्न सक्नुहुन्छ।”

इन्टरनेट फोन र भिडियोमा आधारित सेवा स्काइपले २००० को दशकको मध्यदेखि नै इन्टरनेट कलिङ बजारमा प्रभुत्व जमाइरहेको थियो।

स्काइप सेवा १४ वर्षअघि माइक्रोसफ्टले ८.५ अर्ब डलरमा किनेको थियो। यो त्यतिबेला माइक्रोसफ्टको सबैभन्दा ठूलो अधिग्रहण थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *