च्याम्पियन्स ट्रफी: आज भारत र न्यूजील्याण्ड खेल्दै

डिसी नेपाल
१८ फागुन २०८१ ११:२१

काठमाडौं। जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा भारत र न्यूजील्याण्ड खेल्दै छन्।

युएईको दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजे देखि शुरु हुने छन्।

भारत र न्यूजील्याण्ड समूह ए बाट सेमिफाइनलमा पुगिसकेको भएपनि यस खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्ने छन्।

दुवै देशले यस अघिका आफ्ना २-२ खेलमा जित हासिल गरेर समान ४-४ अंकसहित न्यूजील्याण्ड शिर्ष स्थानमा छ भने भारत रनरेटको आधारमा दोस्रो स्थानमा छ।

भारत र न्यूजील्याण्डबीच एकदिवसीय क्रिकेटमा हेड टू हेडको कुरा गर्दै दुवै देश अहिलेसम्म ११८ खेल खेलेका छन्। जसमा भारतले ६० खेलमा जित हासिल गरेको छ भने न्यूजील्याण्डले ५० खेलमा जित हासिल गरेको छ । त्यसैगरी ७ खेलको कुनै नतिजा आएको थिएन भने एक खेल बराबरी भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *