‘फेरि रेशम फिलिली’ को बक्सअफिसमा राम्रो व्यापार

डिसी नेपाल
१८ फागुन २०८१ १३:५०

काठमाडाैं। गत बुधबार फागुन १४ गते महाशिवरात्रिको अवसरमा रिलिज भएको सिनेमा ‘फेरि रेशम फिलिली’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। दर्शकबाट मिलेको उत्कृष्ट वडअफ माउथको प्रभाव विस्तारै बक्सअफिसमा देखिन थालेको निर्माता रौनक विक्रम कडेल बताउँछन्।

बुधबार सार्वजनिक विदाको दिन उत्साहजनक सुरुवात गरेको सिनेमा बिहीबार वीक डेजका कारण केही कम देखिएपनि शुक्रबार परेका विदाको दिन राम्रो व्यापार गरेको निर्माता कडेलले बताए।

सिनेमाकी मुख्य अभिनेत्री सुपुष्पा भट्टले शनिबार काठमाडौं उपत्यकाका विभिन्न हलमा दर्शकसँग साक्षात्कार गरेपछि मिडियासँगको कुराकानीमा शुक्रबा दिउँसोदेखि रातीसम्मका प्रायः हल हाउसफूल भएको बताइन् ।

बुधबार यता दर्शकबाट मिलेको उत्कृष्ट वडअफ माउथको प्रभाव शनिबार हलमा देखिएको वितरक गोविन्द शाहीले बताए। शनिबार विहानी शोबाट नै हलमा दर्शकको चाप देखिएको छ। शनिबार दिउसोबाट देशभरका हलमा दर्शकको राम्रो चाप देखिएको अनि धेरै शोहरु हाउसफूल समेत भएको वितरक शाही बताउँछन्। दर्शकको उत्कृष्ट वडअफ माउथको प्रभाव बल्ल हलमा देखिन थालेको उनको बुझाई छ

सिनेमाका निर्देशक निरोज महर्जन पनि शुक्रबारबाट हलमा दर्शकको चाप देखिन थालेपछि आफ्नो काम सफल भएको महसुस हुन थालेको बताउँछन्। हामीले निकै दुख गरेर सिनेमा निर्माण गरेकाले दर्शकको साथ अनि उत्कृष्ट प्रतिक्रिया मिल्दा निर्माण क्रममा भोगेका दुख बिर्साउने उनको अनुभव छ।

यसैबीच सिनेमामा सवावेश गीत ‘कैले घाम म कैले छाया म’ सार्वजनिक भएको छ। यो गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द रचना तथा सुगम पोखरेलको स्वर छ। सिनेमाको सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, महेश त्रिपाठी र प्रकाश दाहाल फिचर्ड छन्।

सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ।

सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन्। सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन्।

सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *