पूर्वयुवराज पारसलाई हृदयाघात, नर्भिकमा उपचार हुँदै

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ। हृदयाघातका कारण उनलाई अस्पताल भर्ना गरिएको हो ।
पूर्वराजा ज्ञानेन्द्रका सहयोगी सागर तिमिल्सिनाका अनुसार पूर्वयुवराजलाई आइतबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको हो । उनलाई यो चौथो हृदयघात हो ।
तिमिल्सिनाका अनुसार पूर्वयुवराजलाई अस्पतालमै राखेर उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार भइरहेको तिमिल्सिनाले बताए ।
प्रतिक्रिया
Facebook Comment