२१ वर्षीया युवती बलात्कृत

डिसी नेपाल
२० फागुन २०८१ १४:५३

काठमाडौं । दाङमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जुम्लाको गुठीचौर गाउँपालिका–१, मनिगाउँका २८ वर्षीय नेत्रबहादुर रोकायालाई २१ वर्षीया महिलामाथि बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको हो। सोमबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दाङको गढवा गाउँपालिका–३, गोवरडिहास्थित खेतमा ती महिलाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *