हेटौंडामा राप्रपाको मोटरसाइकल र्याली

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हेटौंडामा बृहत्त मोटरसाइकल र्यालीनिकालेको छ। संसदमा राजा ज्ञानेन्द्रविरुद्ध अप शब्दको प्रयोग गर्ने नेताहरूको विरुद्धमा बृहत्त मोटरसाइकल र्यालीआयोजना गरिएको जनाइएको छ।
पार्टी कार्यालयबाट सुरु भएको मोटरसाइकल र्याली सानोपोखरा, ओमभवन, शितलमहल चोक, बसपार्क, एसपी कार्यालय र लोकप्रिय चोक हुँदै सीमाचोकमा कोणसभामा परिणत भएको थियो।
राप्रपा हेटौंडा नगर अध्यक्ष अरुण लामाले देशको अवस्था बदल्न, व्यवस्था बदल्न राप्रपाले र्याली निकालेको बताए। उनले देशका आम जनता देशको व्यवस्थाप्रति आहत भएकाले अहिलेको व्यवस्था बदल्न जनता सडकमा आएको बताए। ‘देशका आम जनता अब आहात भइसकेका छन्,’ उनले भने।
उनले देशभित्रका बेथिति चिर्नको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा ज्ञानेन्द्रको पुनःवहालीका लागि हामीले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएको बताए।
Facebook Comment