जिप दुर्घटनामा चालकको मृत्यु, दुई घाइते

खलङ्गा (दार्चुला)। यहाँको महाकाली नगरपालिका-२ मैखोलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्लाको नौगाड गाउँपालिकाको दल्लेकबाट सदरमुकाम खलङ्गातर्फ आइरहेको सुपप्र-००१-ज-०००५ नम्बरको जिप आज ४ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक छत्रबहादुर रावतले जानकारी दिए।
दुर्घटनामा जिप चालक महाकाली नगरपालिका-२ का २७ वर्षीय महेश भुलको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी जिपमा सवार सुशान्त भुल र सागर भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो। दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment