नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ शुक्रबार बाँडफाँट हुने

डिसी नेपाल
२२ फागुन २०८१ ११:३१

काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ शुक्रबार बिहान ८ः३० बजे बाँडफाँट हुने भएको छ।

कम्पनीले नेपाल माइक्रोको फागुन ११ गतेदेखि १५ गतेसम्म निष्काशन गरेको आइपीओको बाँडफाँड आज हुने तयारी गरेको थियो तर बलेफी हाइड्रोपावरको लिलामी सेयरको बोलपत्र खोल्ने समय पनि बिहीबार बिहान ८ बजे परेपछि आइपीओ बाँडफाँटको कार्यक्रम स्थगित गरिएको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ।

नेपाल माइक्रोको फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आइपीओ बिक्री गरेको थियो। उक्त आइपीओमा अन्तिम दिनसम्ममा १९ लाख ९७७ जनाले कुल २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका थिए।

तसर्थ, यसमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन्। अब शुक्रबार आइपीओ बाँडफाँट भएपछि नतिजा सार्वजनिक हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *