स्वारोजगार लघुवित्तको १३.८९ प्रतिशत बोनस सेयर घोषणा

डिसी नेपाल
२२ फागुन २०८१ १३:१९

काठमाडौं। स्वारोजगार लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १३.८९ प्रतिशत बोनस र  सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँमा उक्त बोनस तथा नगद लाभांश घोषणा गरेको छ।

यता, हालै बिक्री गरेको १ लाख ९५ हजार ७३३ कित्ता एफपीओ साधारण सभाको लागि हुने बुक क्लोज मितिभन्दा अगावै सूचीकरण भएमा एफपीओ पाउने लगानीकर्ताले पनि उक्त बोनस सेयर पाउने कम्पनीले जानकारी गराएको छ ।

एफपीओ सूचीकरण भएमा चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्ने भएकाले प्रस्तावित लाभांशदर पनि समाजोजन गरी १३.५० प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद कायम हुने कम्पनीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *