समाज र विज्ञान पछाडि फर्किँदैन : गृहमन्त्री लेखक

डडेलधुरा । गृहमन्त्री रमेश लेखकले समाज र बिज्ञान पछाडि नफर्किने बताएका छन्। बिहीबार डडेल्धुराको परर्शुराम नगरपालिकामा आयोजित परर्शुराम साहित्य महोत्सव उद्घाटन समारोहमा बोल्दै राजतन्त्र फर्किने सम्भावना नरहेको बताए।
‘देशमा गणतन्त्र आईसकेको छ,केही साथीहरुले राजतन्त्र पुनस्थापना कुरा गरिरहनुभएको छ, गृहमन्त्री लेखकले भने, ‘लोकतान्त्रीक ब्यबस्थामा अलोतान्त्रिक राजतन्त्रमा पछाडि फर्किने सम्भावना छैन। निकै त्याग र तपस्या बाट यो ठाउँमा पुगिएको हो ,अब यो ठाउँबाट पछाडी होइन अगाडि बढ्ने हो।’
त्यसैगरी उनले समाजमा क्रान्तिकारी परिवर्तनको लागी साहित्यको योगदान आवश्यक रहेको बताउदै संसारमा आजसम्मको प्रगति क्रान्ति र परिवर्तनमा साहित्यको ठूलो योगदान रहेको स्मरण गरे।
जनताको स्वतन्त्राताको कुनै बिकल्प नरहेको बताउँदै गृहमन्त्री लेखकले लोकतन्त्रको बिकल्प लोकतन्त्र नै भएको धारणा राखे ।
Facebook Comment