कविता : म अनौठो चित्रकार छु

मान्छेहरूका भिडभित्र मान्छे कोर्न खोज्छु
माम्छेहरू मान्छेको आकार बन्न दिँदैनन्
मान्छेहरू घरिघरि अनेकौ रूप देखाँउछन्
आवश्यकता र प्रबृत्तिहरूमा आकार फरक छ
म अनौठो चित्रकार छु आकार बदलि रहन्छु।
मान्छेहरूले आफनै स्वभावमा मलाई हेर्छन्
के देख्छन् कुन्नि आकृतिहरू फरक देखिन्छन्
अनि म मान्छेको बिकरालताको बिषय बन्न पुग्छु
अठेस मठेस कुराहरू बिरूद्धमा आइदिन्छन्
म अनौठो चित्रकार छु कुराहरू बदली रहन्छु।
मान्छेहरूले आफनै आवश्यकतामा मलाई हेर्छन्
आवश्यकताहरूको रैथाने भिडमा घुमाइरहन्छन्
अनि म अनौठो ब्याकुलयतामा उत्प्रेरित हुन्छु
बेस्वादको कथाहरूमा आफैंलाई बेचिरहन्छु
म अनौठो चित्रकार छु कथाहरू बद्ली रहन्छु।
मान्छेहरूले आफनै प्रबृत्तिहरूमा मलाई हेर्छन्
कसैलाई म कठिन देखिन्छु कसैलाई सरल
अनि म बिभिन्न अध्यायहरूमा पोखिइ रहन्छु
कुनै कल्पनाले आफैंलाई बाधिएको जस्तो
म अनौठो चित्रकार छु त्यस्तै कल्पना गरि रहन्छु।
मान्छेहरूले आफ्नै कहानीमा मलाई हेर्छन्
कसैले आँशु देख्छन् कसैले उत्प्रेरणा देख्छन्
अनि म भिन्न स्बरूपमा आफैंलाई खोजिरहन्छु
कहिले समाजमा कहिले ब्यक्तिहरू भित्र
म अनौठो चित्रकार छु आकार बद्ली रहन्छु।।
Facebook Comment