भैरहवाको सिद्धार्थ रंगशालामा पिएम कप प्रतियोगिताको तयारी पूरा

भैरहवा । पहिलो पटक काठमाडौं बाहिर लुम्बिनी प्रदेशको ३ वटा खेलमैदानमा प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय पुरुष पक्रिकेट प्रतियोगीता हुन गईरहेको छ।
प्रतियोगिता भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा हुनेछन्। सिद्धार्थ रंगशालामा आइतबार देखी सुरुहुने पिएम कप प्रतियोगीताको तयारी पुरा भएको लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले जानकारी दिएका छन्।
मैदान सम्याउने, रंगरोधन, दर्शकदीर्घा व्यवस्थापन, सुरक्षा संरचना मजबुत बनाउने तथा अन्य भौतिक पूर्वाधार मर्मत कार्य तीव्र सकिने चरणमा पुगेको छ । उक्त पिएम कप क्रिकेट प्रतियोगीतामा ५० ओभरको खेल खेलाइने उनले भने।
आइतबार लुम्बिनी प्रदेश र कोशी प्रदेशको विचमा प्रतिशपर्धा र एक्स्ट्राटेकमा भने एपिएफ र बागमती बागमती प्रदेश खेल्ने गुरुङले बताए। भैरहवाको सिद्धार्थ रंगशालामा क्रिकेट मैदानका अलावा अभ्यास गर्ने ठाउँ र एकेडेमीसमेत छ।
४६ वटा खेल मध्य भैरहवाको रंगशालामा १७ वटा, एक्स्ट्राटेक १५ वटा र लमही क्रिकेट खेलमैदानमा १४ वटा खेल हुने अध्यक्ष गुरुङले बताए। उद्घाटनका लागि भने उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रि दामोदर पाण्डे आउनेपनि उनले बताए।
Facebook Comment