माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक आज बस्दै छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बिहान ८ बजे पदाधिकारी बैठक बस्न लागेको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।
आइतबार बस्ने भनिएको बैठक सोमबार बिहानका लागि सारिएको थियो । माओवादी केन्द्रले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान चलाइरहेको थियो ।
आइतबारदेखि उक्त अभियान तत्कालका लागि स्थगित गरेर पार्टी नेताहरू काठमाडौं फर्किएका थिए । बैठकमा स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ ।
प्रतिक्रिया
Facebook Comment