कविता : सपथ (कसम)

सपथ (कसम) खाई आएको गर्छु भनि देशको सेवा
सपथ खाई सके पछि देश भयो आफ्नै पेवा
पगरी भिर्नको लागि सपथ (कसम) खाए
क्रियाकलापको मूल्यांकन गर्दा
खाएको कसमको धोती लाए।
आर्थिक बिकाश र समृद्धि ल्याउने कसम खान्छन्
खोइ बिकाश-खोइ समृद्धि भनि सोधे
“माछो माछो भ्यागुतो ” पो भन्छन्
जनता कसम खानेहरुको बिकृतिको सिकार भए
शायद खाएको कसम-कसम थिएन
त्यसैले जनता दयनीय अवस्थामा रहे।
नेपाली परिवारहरु भताभुङ्ग भए
घरमा बुढाबुढी र बालबालिका मात्रै रहे
पहिचान नै गुम्ला भन्ने अबस्थामा पुगे
कसमको रहस्य त भ्रष्टचार गर्नु पो रहेछ।
कता गयो निश्वार्थ देश र जनताको सेवा गर्छु भनि खाएको कसम?
कता गयो देशलाई उन्नत बनाउन खाएको कसम
नेताले खाएका बाचा कसम सत्य सत्य भएको भए,
बुढी आमाले सिकुवाको ढिलमा बसेर छोराछोरी सम्झेर किन रुनु पर्थ्यो
एक्ली श्रीमतीले किन आर्थिक भारको पिर लिएर छट्पटाउनु पर्थ्यो
काम गर्न विदेश गएकी श्रीमती उतै हराउँदा
एता घरमा छोराछोरीलाई बिल्लीबाठ पारेर अर्को महिलासँग लागे रे भन्ने किन सुन्नु पर्थ्यो।
नेता, शासक र प्रसाशकले खाएका बाचा कसम सत्य सत्य भएको भए,
बिदेशी भूमिमा “नेपालीहरु बेइमान र भ्रस्ट छन्” भन्ने दृष्टिकोणको सामान गर्दै किन शिर निहुराउनु पर्थ्यो
वीर, इमान्दार र मिलनसार भनेर चिनिने नेपालीहरुले किन बिगतमा कमाएको पहिचान गुमाउनु पर्थ्यो।
देशको सम्रक्छ्ण गर्छु भनि खाएको कसम पूरा गरेको भए,
चुरे छेत्रको चिर हरण गरेर किन बाताबरण विनाशको शिकार बन्नु पर्थ्यो
बेथिति सँग जहाँ पायो त्यहीँबाट बालुवा गिट्टी झिकेर जमिनलाई किन मरुभूमि र पहिरोमा परिणत गर्नु पर्थ्यो
हचुवाका भरमा बनाइएका बाटाहरुका कारण किन पहिरै पहिरा र दुर्घटनाको शिकार हुनु पर्थ्यो
पवित्र पानीमा ढल मिसाएर किन खाने पानि दुषित बनाएर जनतालाई सास्ती दिनु पर्थ्यो।
कसम खानेहरुको नियतमै खोट छ
स्वाभिमान गुमाएका निराश युवाहरुलाई किन देश छाड्न बाध्य बनाइयो
भएका उद्योगहरु कौडीको भाउमा किन बेच्नु पर्थ्यो
उद्योगरु धस्त पारेर किन रोजगारी श्रजना गर्छौं भन्ने मिथ्या सपना बाँड्नु पर्थ्यो
अघोसित तरिकाले साक्षर युवा र सक्षम कामदारलाई किन जाऊ अब यो देशमा तिम्रो भबिष्य छैन भन्ने शन्देश दिनु पर्थ्यो
गरेका बाचा कसम-कसम थिएनन्।
केही नेताहरुका अनैतिक र भ्रष्टाचारी भएका करण सबै नेताहरु भ्रष्टाचारिमा दर्ज भए
होइन भने निश्वार्थ कर्मीहरु रातोदिन लखेटिँदा किन अरुहरु चुपचाप रहे
बिरामीले अस्पतालमा उपयुक्त ठाउँ नपाएर भुईँमा बसी बसी जचाउनु पर्दा किन कसैले मुख खोल्दैन
विद्यार्थीहरुले खुल्ला आकाश मुनि भुईँमा बसेर शिक्षा हासिल गर्नु पर्दा किन कसैका आँखा खुलेनन्
नेताहरु खाएको कसम बुझी बुझी बुजपचाउछन र बिर्सिदिन्छन्
अहिलेको देशको समस्या भनेकै इमान्दार नेताको खडेरी पर्नु हो
नेताहरुले आफैले खाएको सपथको (कसमको) दुरुपयोग गर्नु हो।
Facebook Comment