बिपदको समयमा प्रदेश सरकारसँगको समन्वयमा काम गर्न मातहतका गृहमन्त्रीको निर्देशन

डिसी नेपाल
२७ फागुन २०८१ ११:४१

धनगढी। गृहमन्त्री रमेश लेखकले विपद जोखिम न्युनीकरण तथा ब्यवस्थापनका लागि सरकारवाला सवै मिलेर काम गर्नु पर्ने बताएका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका १३ स्थित प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौंमा रहेको आपतकालीन गोदामघरलाई केन्द्रीय आपतकालीन गोदामघरको रुपमा बिकास गर्ने सरकारी योजना रहेको बताए।

उनले बैदेशिक सहयोगबाट प्राप्त सामाग्री तथा सरकारले खरिद गरेरै प्रदेशमा रहेका आपतकालिन गोदामघरमा आवश्यक विपद सामाग्री उपलबध गराईने बताए।
सरकारले प्रदेशलाई हस्तान्तरण गरिएका आपतकालीन गोदामघरको रेखदेख गर्ने जिम्मेवारी अव प्रदेश सरकार भएको उनले बताए।

गृहमन्त्री लेखकले बिपदको समयमा प्रदेश सरकारसँगको समन्वयमा काम गर्न मातहतका निकायलाई निर्देशन दिए। त्यसक्रममा गृहमन्त्री लेखकले प्रादेशिक आपतकालिन गोदामघर मुख्यमन्त्री कमल बहादुर शाहलाई हस्तान्तरण गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *