‘बेटी बचाउ, बेटी पढाऔँ’ अभियानलाई उचाईमा पुर्याउन मुख्यमन्त्रीको आग्रह

डिसी नेपाल
७ भदौ २०७६ १९:३०

कलैया । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ, बेटी पढाऔँ’ प्रदेश सरकारको अभियानलाई उचाइमा पुर्याउनका लागि सबैलाई आग्रह गरेका छन्।

बाराको कलैयास्थित नेरा मावि मदर्शामा ‘मुख्यमन्त्री बेटी बचाऔँ बेटी पढाऔँ’ अभियानअन्तर्गत साइकल वितरण कार्यक्रममा उनले समाजमा छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको दाबी गरे।

समाजमा छोरीलाई विभिन्न प्रकारले हेला गर्न थालेका कारण प्रदेश २ सरकारले सो अभियान ल्याएको मुख्यमन्त्री राउतले बताए। छोरा सरह छोरीलाई पनि शिक्षाको मूलधारमा ल्याउन अभियान निकै सार्थक भएको उनको भनाइ थियो।

मुख्यमन्त्री राउतले सङ्घीय सरकारका कारण प्रदेशमा चाहे जस्तो विकास गर्न नसकेको बताए। ‘प्रदेश नं २ लाई सङ्घीय सरकारले कुदृष्टिले हेरिरहेको छ’, उनको आरोप थियो।

प्रदेश २ का अर्थ राज्यमन्त्री उषा यादवले तराई मधेशको जनताको अधिकार दिलाउनका लागि प्रदेश सरकार लागिपरेको बताए। कार्यक्रममा सांसद रामबाबुकुमार यादव, प्रदेशसभा सदस्य ज्वालाकुमारी साह, पारस साह, मोहमद समिर, प्रल्लाह गिरी, जगत अंसारीलगायतको उपस्थिति थियो।

कार्यक्रममा कक्षा ८ मा अध्ययनरत ९२ छात्रालाई मुख्यमन्त्री राउतले साइकल वितरण गरेको शिक्षिका सावित्री शर्माले जानकारी दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *