उपाधि जित्ने कप्तान रोहित शर्मा आईसीसीको ‘च्याम्पियन्स ट्रफी टिम अफ द टुर्नामेन्ट’मा परेनन्

काठमाडौं । च्याम्पियन्स ट्रफी २०२५ को समापनपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतियोगिताको सर्वोत्कृष्ट १२ सदस्यीय टोली छनोट गरेको छ।
यस टोलीमा भारतीय क्रिकेट टोलीका छ खेलाडीहरू छनोट भएका छन्, जसमा विराट कोहली, केएल राहुल, श्रेयस अय्यर, वरुण चक्रवर्ती, मोहम्मद शमी र अक्षर पटेलको नाम समावेश छ।
जबकि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले यो टोलीमा स्थान पाएका छैनन्। यसबाहेक न्युजिल्याण्डका चार र अफगानिस्तानका दुई खेलाडी छनोट भएका छन्।
टिममा न्युजिल्याणडका राचिन रविन्द्र, ग्लेन फिलिप्स, मिचेल स्यान्टनर र म्याट हेनरी परेका छन् । अफगानिस्तानका इब्राहिम जादरान र अजमतुल्लाह ओमरजाइले टिममा स्थान पाएका छन् । कप्तानको जिम्मेवारी मिचेल स्यान्टनरलाई दिइएको छ ।
गत आइतबार, भारतीय क्रिकेट टोलीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै दुबईमा च्याम्पियन्स ट्रफी जित्यो।
Facebook Comment