तार्केश्वरका छुट्टाछुट्टै स्थानमा महिला र पुरुष मृत फेला

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिकाका छुट्टाछुट्टै स्थानमा महिला र पुरुषको शव फेला परेको छ।
तार्केश्वर-१० मनमैजु फुलबारी टोल बस्ने गोरखा धार्चे गाउँपालिका-४ घर भएकी ६५ वर्षीया बिसानी गुरूङ आफ्नै कोठामा मंगलबार मृत फेला परेकी छन्।
यसैगरी तार्केश्वर नगरपालिका-६ धर्मस्थली बस्ने ५८ वर्षीय कान्छा मर्हजन सोही नगरपालिका-३ तीनपिप्ले पाँचमाने शिवपुरी जंगलमा मंगलबार मृत फेला परेका छन्। दुवै घटनाबारे प्रहरीले अनुसन्धान थालिएको जनाएको छ।
प्रतिक्रिया
Facebook Comment