पूर्वराजाको समर्थन गरेका बास्तोलालाई मन्त्रालयले जिम्मेवारीबाट हटायो

डिसी नेपाल
२७ फागुन २०८१ १७:०८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोर्चुगलको लिजवन सहरका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई जिम्मेवारीबाट हटाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले लिखित स्पष्टीकरण सोधिएको र स्पष्टीकरण सन्तोषजनक नभएकोले सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई जिम्मेवारीबाट हटाइएको हो।

मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निजले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकाले ऐ। कार्यविधिको दफा ५ बमोजिम मिति २०८१ फागुन २६ (मन्त्रीस्तरीय) निर्णयअनुसार निजलाई पर्यटन प्रवद्र्धकको जिम्मेवारीबाट हटाइएको व्यहोरा सम्बन्धित सबैलाई जनाकारी गराइन्छ ।’

बास्तोलाले पूर्वराजाले राष्ट्रिय प्रजातन्त्र दिवसका दिन दिएको शुभकामना सन्देशको स्वागत गर्दै ऐक्यबद्धता जनाएका थिए।




प्रतिक्रिया

One thought on “पूर्वराजाको समर्थन गरेका बास्तोलालाई मन्त्रालयले जिम्मेवारीबाट हटायो

  1. जो जो गणतन्त्रका लाउकेहरु छन सबैले कान खोलेर सुन- नश्लवादी गणतन्त्र , ढोङ्गी गणतन्त्र , चाकरी खोज्ने गणतन्त्र , सेवा प्रवाह नगर्ने गणतन्त्र , शिक्षा ऐन पास गर्न नसक्ने गणतन्त्र , पाखण्डी गणतन्त्र , पैसा हुनेको मात्र कुरो सुन्ने गणतन्त्र पुस्तौं पुस्ता नेपालीलाई घाममा सुकाउने गणतन्त्र, पैसा अकुत खर्च गरेर चुनाव जितिने गणतन्त्र , भ्रष्टाचारी गणतन्त्र किमार्थ चाहिदैन । अहिले ओली, शेरे, प्रचण्डआदिलाई नेपाली जनता देख्न ,सुन्न चाहदैनन् । सधैंका लागि बिर्सन चाहन्छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *