लिभरपुललाई हराउँदै पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं। लिभरपुल युइएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ। गएराति सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पिएसजीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको हो।
यस दोस्रो लिगमा पिएसजीले १-० को जित हासिल गरेपछि पहिलो लिगमा लिभरपुलको १-० को अग्रताको आधारमा समग्रमा १-१ को बराबरी भएको थियो। पिएसजीका लागि खेलको १२औं मिनेटमा ओसुमान डेम्बेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।
९० मिनेटसम्मको खेलमा दुवैको समग्र गोल १-१ भएपछि यो खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो। थप समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा लिभरपुलका कर्टिस जोन्स र डर्विन नुनेजले पेनाल्टी मिस गरेपछि पिएसजी ४-१ ले विजयी हुँदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ।
यो हारसँगै लिभरपुलको यस सिजनको च्याम्पियन्स लिगको यात्रा समाप्त भएको छ।
Facebook Comment