चन्द्रागिरिमा एक व्यक्तिले गरे आत्मदाह प्रयास, बर्न अस्पतालमा उपचार हुँदै

डिसी नेपाल
२८ फागुन २०८१ ९:०४

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिले गएराति साढे १२ बजेतिर आत्मदाहको प्रयास गरेका छन् । उनलाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ ।

स्थानीय उत्तम कार्कीले फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा आफैं आगो लगाएका थिए । यो घटना थाहा पाएपछि पुगेको प्रहरीले उनलाई उद्धार गरी अस्पताल पुर्‍याएको हो ।

काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिल बोहराका अनुसार उनको उपचार कीर्तिपुरको बर्न अस्पतालमा भइरहेको छ । उनको हात र अनुहारमा जलेको छ । स्वास्थ्य अवस्था सामान्य छ ।

उनले फेसबुक लाइभमा स्थानीय एक युवतीले मानसिक तनाव दिएको, उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिथोलिएको, प्रहरीले आफ्नो कुरा नसुनेको र यी सबै कारणले कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए ।

उनले दुःख दिएको भनिएकी युवतीको उजुरीको आधारमा यसअघि १८ दिन हिरासतमा बसेको र अभद्र व्यवहार मुद्दा खेपेको उल्लेख गरेका छन् । त्यसपछि उनी आफैंले आफ्नो शरीरमा आगो लगाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *