नेको इन्सुरेन्सको हकप्रद सेयरमा दरखास्त दिने समय थप

काठमाडौं । नेको इन्स्योरेन्सले हकप्रद सेयरमा आवेदन दिने म्याद चैत १४ गतेसम्मका लागि थप गरेको छ ।
यसअघि कम्पनीले आज फागुन २८ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो ।
नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गरेको छ । जसअनुसार यसले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।
उक्त हकप्रद सेयरको लागि नेकोले माघ १८ गते बुक क्लोज गरेको थियो । तसर्थ, त्यसभन्दा अघिसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटल नक्साल काठमाडौं र नेको इन्सुरेन्सको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।
Facebook Comment