नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य

डिसी नेपाल
२८ फागुन २०८१ १४:४१

काठमाडौं। नामिबियाले नेपाललाई १२६ रनको लक्ष्य दिएको छ। युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत नामिबियाले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको हो।

नामिबियाको लागि यसमीन खानले सर्बाधिक ४५ रन बनाइन् भने अरस्ता डिएरगार्टले १६ र  विल्का एम्वाटिलले २० तथ् सुने विटम्यानले १५ रन बनाएकी थिइन्।

त्यसैगरी नेपाली बलर इश्वरी विष्टले ३ विकेट लिएकी थिइन् भने रचना चौधरीले २ तथा इन्दु बर्मा र रिया श्रेष्ठले एक एक विकेट लिएका थिए।

यस सिरिजमा नेपालले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ। नेपालले यस अघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो । त्यस्तै नामिबियाले पनि ३ खेलमा एक जित र २ हार बेहोरेको छ।

नेपालले मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *