सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन ४ हजारले बढ्यो

डिसी नेपाल
३० फागुन २०८१ ११:१९

काठमाडौं। नेपाली बजारमा आज शुक्रबार सुनको भाउ इतिहासकै उच्च भएको छ। यसअघिका सबै भाउको रेकर्ड तोड्दै सुन तोलाको लगभग पौने २ लाख रुपैयाँ पुगेको छ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको छ। बुधबार सुनको मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको थियो।

यसअघिको रेकर्ड भाउ १ लाख ७१ हजार रुपैयाँ थियो। यस्तै, बुधबार तोलामा २ हजार रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बढेर २ हजार ५० मा कारोबार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *