१४ वर्षीया बालिका बलात्कृत

बझाङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरको अभियोगमा बझाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जयपृथ्वी नगरपालिका-१० चैनपुर बजार डेरा गरी बस्ने तलकोट गाउँपालिका-५ घर भएका २२ वर्षीय हेमन्त भण्डारीलाई बिहीबार साँझ प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो।
हेमन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
Facebook Comment