लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

डिसी नेपाल
३० फागुन २०८१ १३:१२

काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ।

कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ४० ट्याब्लेट सहित सोही नगरपालिका-१ नयाँ टीकापुर बस्ने १९ वर्षीय पवन नेपाली समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.८ प २५०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

झापाको दमक नगरपालिका-१ फाल्गुनन्द चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट र स्पास्पेन ७० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने २६ वर्षीय डेक बहादुर थापा समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले डेक बहादुरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

चितवनको कालिका नगरपालिका-८ मझुवाबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-१० बस्ने ३३ वर्षीय सोम बहादुर गुरूङ, कालिका नगरपालिका-९ बस्ने ३० वर्षीय लगेन्द्र चेपाङ र २८ वर्षीय राजेश चेपाङ रहेका छन्। प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले बा.प्र.०६-००१ ह ००४६ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ सय ४४ ग्राम सहित रूकुम पश्चिउम आठबिसकोट नगरपालिका-१ बस्ने ४३ वर्षीय कबिराम बुढालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *