अमेरिकामा सौतेनी आमामाथि छोरालाई २० वर्षसम्म बन्धक बनाएको आरोप

डिसी नेपाल
३० फागुन २०८१ १३:१३

काठमाडौं । अमेरिकाको कनेक्टिकटमा एक जना मानिसलाई उनकी सौतेनी आमाले २० वर्षसम्म सानो कोठामा थुनेर राखेको बताइएको छ।

अधिकारीहरूका अनुसार बन्धक बनाइएका व्यक्तिले आफूलाई राखिएको सानो कोठामा आगो लगाएपछि यसको खुलासा भएको हो ।

आगो लागेपछि अधिकारीहरूले आगो नियन्त्रणमा लिए र त्यहाँबाट एक कमजोर ३२ वर्षीय पुरुषलाई उद्धार गरे। कथित बन्धकलाई उद्धार गर्दा उनको तौल ३० किलोग्राम थियो।

कनेक्टिकटको वाटरबरीस्थित प्रहरीले ती व्यक्तिले वर्षौंदेखि “लामो समयसम्म दुर्व्यवहार, भोकमरी र अमानवीय व्यवहार” सहेपछि कोठामा आगो लगाएको स्वीकार गरेको बताएको छ।

उनकी सौतेनी आमामाथि उनलाई बन्दी बनाएको र भोकै राखेको आरोप छ र उनलाई अपहरण र क्रूरताको पनि आरोप लगाइएको छ।

यद्यपि, सौतेनी आमाले आफूमाथि लागेको आरोप अस्वीकार गरेकी छिन्।

आगो लगाउनुको कारणको बारेमा ती बन्धकले प्रहरीलाई आफूले आफ्नो स्वतन्त्रता चाहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *