पारा एथलेटिक्स टोली स्वदेश फर्कियो

डिसी नेपाल
३० फागुन २०८१ २०:५४

काठमाडौं। नेपाली टोली विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी भइ आज स्वदेश फर्किएको छ।

भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु रंगशालामा मार्च ७ देखि १३ तारिखसम्म भएको प्रतियोगितामा प्रभा आङदेम्बेले नेपाललाई रजत दिलाएकी थिइन्।

प्रभाले टी–४७ क्याटगोरीको महिला लङजम्पमा तीन दशमलव ९६ मिटर जम्प गर्दै रजत जितेकी हुन्। उनले लङजम्पसहित दुई सय र चार सय मिटर दौडमा सहभागिता जनाएकी थिइन्।

नेपालबाट ६ खेलाडी सहभागी थिए। पुरुष चार सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गरेका थिए । गोविन्दले ज्याभ्लिन थ्रोमा खेलेका थिए।

अफिसियलमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य अञ्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला रानामगर त्यहाँ गएका थिए। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य रामचन्द्र श्रेष्ठलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *