सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
आज सुनको मूल्य प्रति तोला ४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार सुन एक लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि सामान्य घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो। महासंघका अनुसार आज चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया
Facebook Comment