तातो कफीले जलेका ग्राहकलाई स्टारबक्सले ५ करोड डलर क्षतिपुर्ति तिर्नुपर्ने

काठमाडौं । अमेरिकाको प्रसिद्ध फास्ट फुड चेन स्टारबक्सले आफ्ना एक ग्राहकलाई ५ करोड डलर क्षतिपुर्ति तिर्नुपर्ने भएको छ । क्यालिफोर्नियाको एक अदालतले स्टारबक्सको तातो कफीबाट गम्भीर रूपमा जलेका माइकल गार्सियाको पक्षमा फैसला सुनाएको हो । कम्पनीलाई उनलाई ५ करोड डलर क्षतिपूर्ति तिर्न आदेश दिइएको हो।
यो घटना २०२० मा लस एन्जलसमा भएको थियो । त्यतिबेला गार्सियाले ड्राइभ-थ्रु झ्यालबाट अर्डर लिइरहेका थिए। पीडितका वकिलका अनुसार उनलाई अर्डर दिने बेला एउटा तातो पेय पदार्थको ढक्कन राम्रोसँग बन्द थिएन । ढक्कन बन्द नभएकोले उनले कफी लिने क्रममा त्यो तातो कफी ती व्यक्तिको काखमा पोखियो।
१८० डिग्री सेल्सियस तातो कफी पोखिँदा उनलाई गम्भीर रूपमा पोल्यो र यसले उनले स्नायुमा क्षति पुगेको थियो । कफीले उनको गुप्तांग पनि जलेको थियो र उनको गुप्तांगमा स्थायी चोट लागेको छ । जसले गर्दा उनले लामो समयसम्म उपचार गर्नुपरेको थियो।
अदालतले स्टारबक्सको सेवामा ग्राहक सुरक्षाको अभाव रहेको उल्लेख गर्दै घटनाको लागि स्टारबक्सलाई जिम्मेवार ठहर गर्यो। क्षतिपूर्तिमा चिकित्सा खर्चको कभरेज, साथै शारीरिक र नैतिक पीडाको लागि क्षतिपूर्ति समावेश छ।
स्टारबक्सले अदालतको निर्णयसँग असहमत रहेको र फैसलामाथि पुनरावेदन गर्ने योजना बनाएको बताएको छ। कम्पनीले विशेष गरी तातो पेय पदार्थहरूको ह्यान्डलिङको सन्दर्भमा सधैं उच्च सुरक्षा मापदण्डहरू पालना गर्ने कुरामा जोड दिने दाबी गरेको छ ।
यो मुद्दा १९९४ मा म्याकडोनाल्ड विरुद्धको चर्चित मुद्दासँग मिल्दोजुल्दो छ, जब एक ग्राहक तातो कफीबाट गम्भीर रूपमा जलेका थिए । त्यसपछि अदालतले उनलाई लगभग ३० लाख डलर क्षतिपूर्ति दिएको थियो।
Facebook Comment