काठमाडौं र कैलालीमा गरी दुई जनाको शव फेला

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनको शव फेला परेको छ।
काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित चौरमा सोही महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप लिखु गाउँपालिका-६ नागी घर भएका २८ वर्षीय सोनाम लामा आइतबार मृत अवस्थामा फेला परेका छन्।
यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका-१० चुहास्थित चिनी मिल नजिकै रहेको नालामा सोही ठाउँ बस्ने २९ वर्षीय अजय सुर्णकार आइतबार मृत अवस्थामा फेला परेका छन्। दुवै घटनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
Facebook Comment