कारबाओ कपको उपाधि न्यूक्यासलले जित्यो

डिसी नेपाल
३ चैत २०८१ ७:३३

काठमाडौं। न्यूक्यासल युनाइटेडले कारबाओ कप जितेको छ।

गएराती सम्पन्न फाइनल खेलमा लिभरपुललाई २-१ गोल अन्तरले पराजित गर्दै न्यूक्यासल युनाइटेडले क्लबको इतिहासमा पहिल पटक कारबाओ कप अर्थात लिग कपको उपाधि जितेको हो।

न्यूक्यासलको जितमा डान बर्न र एलेक्जेन्डर इसकले एक एक गोल गरेका थिए। त्यसैगरी लिभरपुलका लागि फेडेरिको चिएसाले एक गोल गरेका थिए।

न्यूक्यासलले क्लबको इतिहासमा सन् १९५४-५५ मा एफए कप जितेपछि पहिलो पटक कुनै पनि घरेलु उपाधि जितेको हो। कारबाओ कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको लिभरपुल भने अहिलेसम्म सबैभन्दा बढी १० पटक यो उपाधि जितेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *