सार्वजनिक ऋण व्यवस्थापन कार्यालय: आज १८ अर्बको ट्रेजरी बिल नवीकरण हुँदै

डिसी नेपाल
३ चैत २०८१ ११:२६

काठमाडौं। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चैत ४ गते आज सोमबारका दिन १८ अर्ब ३० रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ।

पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिलमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ। जसले गर्दा डिस्काउन्ट रेट पनि घटेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ९१ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो। यो ट्रेजरी बिल २०८२ असार ३ गते परिपक्व हुनेछ।

त्यस्तै, १८२ दिनको लागि ४ अर्ब ३० रुपैयाँ बराबरका ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो। उक्त ट्रेजरी बिल २०८२ भदै ३१ परिपक्व हुनेछ। साथै, १ वर्ष अवधिको लागि ९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

उक्त ट्रेजरी बिल २०८२ चैत ३ गते परिपक्व हुनेछ। बोलकबोलमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ। सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ।

बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त भएपछि ट्रेजरी बिलको ब्याजदरमा समेत गिरावट आएको हो । यसअघि फागुन २६ मा बोलकबोल भएको २८ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट २.९८ प्रतिशत कायम हुँदा ९१ दिन अवधिको ट्रेजरी बिलको २.९६ प्रतिशत र ३६४ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ३.०३ प्रतिशत कायम भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *