मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुँदैनः एमाले

डिसी नेपाल
३ चैत २०८१ १७:०६

काठमाडौं। नेकपा एमालेले मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन नसक्ने निष्कर्ष निकालेको छ।

पार्टी कार्यालय च्यासलमा सोमबार बसेको एमाले सचिवालय बैठकले विशेष प्रस्ताव पारित गर्दै प्राप्त उपलब्धीहरुलाई अस्वीकार गर्ने, नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने र त्यसैको बहानामा मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य हुन नसक्ने जनाएको हो।

केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको एमालेको विशेष प्रस्तावमा उल्लेख छ। बैठकले मुलुकको परिवर्तन उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशातिर फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने निष्कर्ष निकालिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

२१औं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैंमा हाँस्यास्पद, हानिकारक र निरर्थक हो भन्नेमा बैठकले विशेष जोड दिइएको ज्ञवालीले बताए।

त्यस्तै बैठकले लुम्विनी एमाले प्रदेश कमिटीले अनुमोदनका लागि पठाइएको प्रदेशमा थप गरिएका २८ जना सदस्यहरुको नाम अनुमोदन गरेको ज्ञवालीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *