वनमा लागेको आगो बस्तीमा पस्दा भोजपुरमा ७ घर जलेर नस्ट

डिसी नेपाल
३ चैत २०८१ १७:५४

भोजपुर। भोजपुर नगरपालिका–१२ पारपानी स्थित ईनामे सामुदायिक वनमा लागेको आगो बस्तीमा पसेको छ।

सोमबार बिहान वनमा लागेको बस्तीमा पस्दा अहिलेसम्म ५ घर र २ गोठ जलेर नस्ट भएको छ। हावाहुरीको कारण गाउँ बस्तीमा समेत आगो फैलिएको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ५ टक्सार गुल्म, नेपाली सेना, नेपाल प्रहरी र स्थानिय बासिन्दाहरु निरन्तर खटिइरहेका छन्।

यसैगरी खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका– २ डिकुवा स्थित सामुदायिक जंगलमा लागेको आगो पनि बस्तीमा फैलिएर अन्दाजी ४/५ वटा घर जलेर क्षति भएको छ।

सोमबार दिउँसो बस्तीसम्म पुगेको आगो सशस्त्र प्रहरी बल नेपाल नं. ७ हलेसि गुल्म, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिने प्रयास भईरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *