बाबुरामले ओली, देउवा र प्रचण्डलाई छोटे राजाको संज्ञा दिए

डिसी नेपाल
४ चैत २०८१ ११:२२

काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मृत राजतन्त्र ब्यूँताउन खोज्नेहरुको पछि लाग्नु भनेको कराईबाट उम्केको माछो पूनः भुंग्रोमा खस्नुजस्तै भएको टिप्पणी गरेका छन्। उनले कांग्रेस, एमाले र माओवादीको नेतृत्वलाई छोटे राजाहरुको संज्ञा दिए। उनीहरुको भ्रष्ट र अलोकतान्त्रिक हर्कतबाट जनता वाक्कदिक्क भएको पनि भट्टराईको भनाइ छ।

उनले अहिले देशको समस्याको समाधानको लागि राष्ट्रिय सहमति कायम गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित संसद्को व्यवस्था गर्न संविधान संशोधन गर्नु भएको आवश्यकत्ता औंल्याएका छन्। भट्टराईले फेसबुकमा लेखेका छन्-

तीन दलका छोटे राजाहरूको भ्रष्ट र अलोकतान्त्रिक हर्कतबाट वाक्कदिक्क भएर मृत राजतन्त्र ब्यूँताउन खोज्नेहरूको पछि लाग्नु भनेको कराईबाट उम्केको माछो पुनः भुंग्रोमा खस्नु जस्तै हो!

देशको वर्तमान गम्भीर संरचनात्मक समस्याको दीगो समाधान भनेको राष्ट्रिय सहमति कायम गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित संसदको व्यवस्था गर्न संविधान संशोधन गर्नु नै हो। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले संसद बाहिरबाट योग्य मन्त्रीहरू नियुक्त गर्ने र संसद कानून बनाउने र सरकारलाई खबरदारी गर्ने काममा केन्द्रित हुने प्रणाली भयो भने मात्रै देशमा राजनीतिक स्थीरता, सुशासन र समृद्धि हासिल हुनसक्छ।

त्यसनिम्ति राजनीतिक अस्थीरताको दिगो ओखति, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिु मूल नारा सहित अघि बढाउन लागिएको राष्ट्रिय अभियानमा सबै देशभक्त, प्रगतिशील, लोकतान्त्रिक शक्तिहरू सक्रिय सहभागी बनौं!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *