आगलागीबाट उदयपुरमा तीन घर जलेर खरानी

डिसी नेपाल
४ चैत २०८१ १७:४६

काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका-७ स्थित कल्याण चोकमा भीषण आगलागी हुँदा करोडौंको क्षति भएको छ।

स्थानीय सरन राईको घरमा विद्युत सर्ट भई आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्। मंगलबार दिउँसो अन्दाजी २ बजे तिर अचानक विद्युत् सर्ट भएर सरन राईको घरबाट सुरु भएको आगोले स्थानीय कालुमान राई र सर्वधन राईको समेत घर पूर्णरुपले जलेर नष्ट भएको हो।

सिमेन्ट, काठ र टिनले बनेको दुई तले तीन वटा घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । आगलागीबाट घर पूर्णतः जलेर नष्ट भएको छ भने घर भित्रका सर–सामान समेत निकाल्न नसकिएको स्थानीयले बताएका छन्।

चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका, सप्तरी जिल्लास्थित कञ्चनरुप नगरपालिकाको दमकल, स्थानीय, नेपाल प्रहरी सशस्त्र प्रहरी, नगर प्रहरीले झन्डै अढाई घण्टापछि आगो नियन्त्रण लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *