नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

डिसी नेपाल
५ चैत २०८१ ८:०९

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यस कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत ७ गते बुक क्लोज गर्दैछ । तसर्थ, चैत ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी जम्मा १५. ७९ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न चैत १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *