कृष्ण कार्कीले ल्याए ‘जुनेली रात’

काठमाडाैं। डेब्यु गायन ‘घरबार’ मार्फत दर्शक तथा श्रोता माँझ परिचित बनेका गायक कृष्ण कार्कीले नयाँ गीत ‘जुनेली रात’ ल्याएका छन् ।
उनको स्वर रहेको गीतमा सन्दीप कार्कीको शब्द रहेको छ भने सुन्दर मगरले यसलाई कम्पोज गरेका हुन् । गीतमा आफूले मन पराएको युवती प्रति युवाले व्यक्त गर्ने भावनालाई उल्लेख गरिएको छ ।
गीतमा सन्दीप बाबु लोहनी र समिया कार्की फिचर्ड छन् । समियालाई देखेपछि एकोहोरो मन पराएका सन्दीपले व्यक्त गर्ने प्रेम भावमा गीत केन्द्रीत छ । कृष्णले यसअगाडी ‘डुब्लिकेट माया’ लगायातका गीतमार्फत दर्शकको मन जितिसकेका छन् ।
गीतको भिडिओमा राजीव समरको कोरियोग्राफी र निर्देशन रहेको छ भने यसलाई रामकुमार केसीले छायांकन निर्देशन गरेका हुन् । सङ्कल्प भुजेलको छायांकन रहेको भिडिओलाई सुप्रिम पराजुलीले रङ्ग संयोजन, विवेक सुनारले सम्पादन गरेका हुन् ।
Facebook Comment