गाजामा आक्रमणपछि हमासलाई इजरायलको चेतावनी : ‘यो त सुरुवात मात्र हो’

डिसी नेपाल
५ चैत २०८१ १२:२९

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मंगलबार राति इजरायलले गाजा पट्टीमा हमास विरुद्धको आफ्नो लडाई पूर्ण शक्तिका साथ पुनः सुरु गरेको बताएका छन् । उनले यो त सुरुवात मात्र हो भनेर चेतावनी दिँदै एउटा भिडियो जारी गरे।

उनको भनाइ यस्तो समयमा आएको हो जब इजरायलले गाजामा धेरै ठूला हवाई हमलाहरू गरेको छ । जसको बारेमा इजरायल रक्षा बलले एक विज्ञप्तिमा उसले हमासको ‘आतंकवादी लुक्ने ठाउँहरू’ लाई लक्षित गरिरहेको बताएको छ।

आफ्नो बयानमा नेतान्याहूले इजरायली बन्धकहरूलाई रिहा गर्न हमाससँग वार्ता गर्ने प्रयास गरेको बताए। उनले हमासले हरेक पटक प्रस्ताव अस्वीकार गरेको आरोप लगाएका छन्।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र सयौं घाइते भएको बताएको छ।

जनवरी १९ मा युद्धविराम सुरु भएयता गाजामा यो सबैभन्दा ठूलो हवाई आक्रमण हो। गाजामा युद्धविराम बढाउने वार्ताहरू सहमतिमा पुग्न असफल भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *