त्रिभुवन विश्वविद्यालयभन्दा जेठो क्याम्पसमा नेविसंघको तीन दशक लामो वर्चश्व तोडियो

डिसी नेपाल
५ चैत २०८१ १३:३३

काठमाडौं । पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको तीन दशक लामो विरासत तोड्दै माओवादीनिकट अखिल क्रान्तिकारी विजयी भएको छ । स्ववियू अध्यक्षमा अखिल क्रान्तिकारीका मिलन घर्ती मगरले जितेका छन् ।

यो क्याम्पसमा २०५२ सालदेखि नेपाल विद्यार्थी संघले जित्दै आएको थियो । त्यसअघि भने यहाँ एमालेनिकट अनेरास्ववियूले जितेको थियो । पाल्पा क्षेत्र नम्बर २ का अहिलेका एमाले सांसद ठाकुर गैरे पनि यही क्याम्पसका पूर्व स्ववियू अध्यक्ष हुन् ।

नेविसंघको करिब ३ दशकको वर्चस्व तोड्दै अध्यक्षमा जितेका मिलन घर्ती मगरले ३९० मत पाएका छन् । नेविसंघका कृष्ण अर्थालले ३४३ मत पाए । यस्तै एमालेनिकट अनेरास्ववियूकी अनुजा अर्यालले २७८ मत पाइन् । अनेरास्ववियू स्वतन्त्रका उमेश भण्डारीले १८५ मत पाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *