कविता : साथ

साथी खोज्नु र साथी हुनुमा कति फरक,
तिमीले साथी खोज्यौ,
साथी बन्ने चाहना थियो या थिएन-
बन्नै सकेनौ।
तिमी आफ्नै लागि सोच्ने मान्छे,
समय बित्यो,
तिमी तिमीमै हराएर बस्यौ।
न त साथको मर्म थाहा भयो,
न त साथीको अस्तित्वको मोल।
तिमीलाई चाहिएको त केवल समयको माग,
साँचो साथ होइन, केवल संगतको नाम
भौतारिँदा भेटियो कुवा,
तर प्यास भने उस्तै रह्यो
साथी खोज्ने भुमरीमा सम्बन्ध त बन्यो,
तर खोक्रो साथ अनि मुटु फुटाउने आश
साथ बीचमै हराएर गयो,
तर आशले लगेका सासहरू भने आफैंभित्रै रह्यो।
प्रतिक्रिया
Facebook Comment