एसइई परीक्षामा ४ जिपीए ल्याउनेलाई ककनी गाउँपालिकाले १ लाख दिने

नुवाकोट । ककनी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा(एसइई) परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरष्कृत गर्ने भएको छ । बिहीबारदेखि सुरु हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई लक्षित गर्दै उत्तिर्ण विद्यार्थीको जिपीएको आधारमा पुरस्कार दिन लागेको गाउँपालिकाले जनाएको छ ।
ककनी गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै ४ जिपीएसहित उत्तिर्ण हुने विद्यार्थीलाई १ लाख रुपैयाँ सहित पुरष्कृत गर्ने घोषणा गरेको हो । ३.९ देखि ४ जिपीए ल्याउनेलाई ५० हजार रुपैयाँले पुरष्कृत गरिने र ३.८ देखि ३.९ सम्मका लागि २० हजार रुपैयाँले पुरष्कृत गर्ने भएको छ ।
यस्तै,३.७ देखि ३.८ जिपीए ल्याउनेलाई १५ हजार र ३.६ देखि ३.७ ल्याउनेलाई १० हजार रुपैयाँसहित पुरष्कृत गरिने ककनी गाउँपालिकाले जनाएको छ ।
Facebook Comment