काठमाडौंसहित विभिन्न जिल्लामा तीन जनाको शव फेला

डिसी नेपाल
५ चैत २०८१ १७:१७

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको छ।

काठमाडौं महानगरपालिका-९ तीलगंगास्थित बागमती खोलामा पहिचान खुल्न नसकेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै, सर्लाहीको बरहथवा नगरपालिका-१४ सैदपुरस्थित सडकको छेउमा रहेको पिपलको चौतारा मुनी पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बुधबार मृत फेला परेका छन्।

उता हुम्लाको सिमकोट गाउँपालिका-६ माथिल्लो गाउँ बस्ने ४८ वर्षीय देव सिंह रावत सोही गाउँपालिका-६ लाङलास्थित सडक नजिक बुधबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *