आज पनि छुटेनन् रवि, अदालत गए हेरे अनि हिरासतमै फर्किए

डिसी नेपाल
८ भदौ २०७६ १७:३४

चितवन। आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की आज हिरासतमै रहने भएका छन् । उनीहरुको बयान नसकिएका कारण उनीहरुलाई अदालतले हिरासतमै फर्काएको हो । एउटै अभियोग लागेका तीनैजनाको बयान नसकिँदासम्म थुनछेकको बहस सुरु नहुने भएकोले आज उनीहरु छुट्न सम्भव नभएको हो ।

तीन जनामध्ये आज अस्मिता कार्कीको बयान लिएर सकिएको छ । भोलि बिहान १० बजेपछि पछि रवि र युवराजको बयान सुरु हुनेछ । उनहिरुको बयान लिएर सकिएपछि थुनछेक बहस हुनेछ । बहसपछि अदालतले साधारण तारिखमा छोड्ने, धरौटीमा छोड्ने वा पुर्पक्षमा पठाउने निर्णय गर्ने छ । यी सबै प्रक्रिया आज पूरा भएनन् । यी सबै प्रक्रिया भोलि पूरा भएमा उनीहरु भोलि छुट्ने सम्भावना रहन्छ तर यदि भोलि बयान वा थुनछेकको बहस लम्बियो र भोलि थुनछेकको बहस नसकिँदै अदालतको समय सकियो (५ बज्यो) भने उनीहरु भोलि पनि हिरासतमै बस्नुपर्ने हुन सक्छ ।

अनुसन्धानका क्रममा सो घटनामा आत्महत्या गर्न दुरुत्साहन गरिएको प्रमाणसमेत पेश गरिएको केन्द्रीय अनुसन्धान ब्युरोबाट घटनाको अनुसन्धान गर्न गएका एसपी दीपक रेग्मीले आइतवार भएको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । सरकारी वकिल कार्यालय र अदालतले थप प्रमाण माग गरेमा सोही अनुसार काम अघि बढाइने उनले बताए । अनुसन्धानका क्रममा भिडियो बाहेकका प्रमाण जुटे पनि सार्वजनिक गर्न नमिल्ने एसपी रेग्मीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *