त्रिचन्द्रमा स्ववियू निर्वाचन फेरि स्थगित

काठमाडौं। त्रिचन्द्र क्याम्पस काठमाडौंमा आज हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन फेरि स्थगित भएको छ ।
यसअघि चैत ५ गते तोकिएको निर्वाचन क्याम्पसको मूलगेटमा नै तालाबन्दी भएपछि स्थगित भएको थियो । त्यसपछि बुधबारका लागि निर्वाचन तय भएको थियो ।
तर निर्वाचनका लागि सहज वातावरण नभएको भन्दै स्थगित गरिएको निर्वाचन अधिकृत अंगदमणि गौतमले बताए । केही विद्यार्थीले फेरि मूख्यगेटमा तालाबन्दी गरेकाले अर्को सूचना प्रकाशन नभएसम्म निर्वाचन रोकिएको उनले बताए ।
‘त्रिवि केन्द्रीय कार्यालय तथा अन्य सम्बद्ध पक्षसँगको परामर्शपछि मतदानको मिति र समय तोकी अर्को सूचना प्रकाशन गर्ने गरी चैत्र १३ मा तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मतदान कार्य स्थगित गरिएको छ,’ समितिले जारी गरेको सूचनामा भनिएको छ ।
Facebook Comment