विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी

डिसी नेपाल
१३ चैत २०८१ ९:३२

काठमाडौं। गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक जारी छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक केहीबेरअघि सुरु भएको हो ।

बैठकमा सरकारका कामकारबाही र समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, मधाव नेपाल, नारायणकाजी श्रेष्ठ, डीपी ढकाल, स्वर्णिम वाग्ले, महिन्द्र राय यादवलगायत सहभागी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *