इटहरीको सेन्टर प्लाजामा आगलागी : उद्धारका लागि सेनाको हेलिकप्टर परिचालन

डिसी नेपाल
१३ चैत २०८१ १२:०४

काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी भएपछि उद्धारका लागि सेनाको हेलिकप्टर परिचालन गरिएको छ । आगलागी हुँदा केही मानिस भित्रै फसेको जानकारी आएपछि गृहमन्त्री रमेश लेखकले नेपाली सेनाको हेलिकप्टर पठाएका हुन् ।

प्लाजाको पाँचौ तल्लामा आगलागी भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार आगलागी भएको तलाभन्दा माथिको तलामा केही मानिस फसेका छन् । आगलागी भइरहेको भवन सात तलाको छ । माथिल्लो तलामा फसेकाहरूको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

माथिल्लो तलामा रहेकाहरूको संख्या यकिन भएको छैन । प्लाजाको पाँचौ तल्लाबाट बिहान साढे ९ बजेबाट आगलागी सुरु भएको थियो । आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *