तीनकुनेमा विद्युतको पोलमा आगलागी (तस्बिर)

डिसी नेपाल
१३ चैत २०८१ १२:५२

काठमाडाैं। काठमाडौंको तीनकुनेमा विद्युतको पोलमा आगलागी भएको छ।

बुधबार बिहान लागेको आगो सुरक्षाकर्मीले दमकल र ग्यासको प्रयोग गरेर नियन्त्रणमा लिएका छन्। विद्युत् सट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।

आगलागीबाट बिजुलीको पोलमा बाँधिएका तारहरू जलेका छन्। काठमाडौंमा रहेका पोलमा विद्युत् सट भएर पटक पटक आगलागी हुने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *