लोकतन्त्र र गणतन्त्रको मार्गमा हिँडिसकेको समाज पछि फर्कंदैन : गृहमन्त्री

डिसी नेपाल
१३ चैत २०८१ १३:३८

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको राजमार्गमा हिँडिसकेको नेपाली समाज पछि फर्कन नसक्ने बताएका छन्।

बुधबार भक्तपुरमा जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरको नवनिर्मित भवन उद्घाटन गर्दे गृहमन्त्री लेखकले लोकतन्त्र कुनै विकल्प नरहेको भन्दै लोकतन्त्र र गणतन्त्रको राजमार्गमा हिडिसकेको नेपाली समाज पछि फर्कन नसक्ने बताए।

उनले लोकतन्त्र र गणतन्त्रका बिषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोशीस भइरहेको धारणा राखे। उनले लोकतन्त्र र गणतन्त्रमा सरकारले जनताको कुरा सुन्ने र बुझ्ने बताए।

मन्त्री लेखकले आफ्ना कमीकमजोरी सुधारेर जाने क्षमता लोकतन्त्रमा हुने उल्लेख गरे। उनले कुनै तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपर्न आग्रहसमेत गरे। गृहमन्त्री लेखकले जुनसुकै बेला जस्तोसुकै विपत आउन सक्ने भएकाले विपद्का लागि प्रतिकार्य गर्न तयार भएर बस्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सांसद दुर्लभ थापाले प्राकृतिक बिपतको चुनौतिलाई सामना गर्न तयार भएर बस्नुपर्ने बताए।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका पत्रकारका साथै भवन निर्माणमा सहयोग पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *